१६ असोज । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार राती भएको खेलमा इङ्गलिस क्लवहरु आर्सनल र चेल्सी विजयी भएका छन् ।
घरेलु मैदानमा खेलेको आर्सनलले ईटालीयन क्लव नापोलीलाई २–० ले हरायो । आर्सनलको जीतमा मेसुत ओजिल र ओलिभर जिरुले एक एक गोल गरे । च्याम्पियन्स लिगकै अर्को खेलमा चेल्सीले रोमानियाको स्टावा बुकारेष्टलाई उसैको मैदानमा ४–० ले हराएको थियो ।
खेलमा चेल्सीलाई विजयी गराउन रामिरेजले २ गोल गरेभने फ्राङ्क लाम्पार्डले एक गोल थपे । स्टावाकै जर्गेभ्स्कीले एक आत्माघाती गोल गरेपछि चेल्सीको ४–० को जीत सुनिश्चित भएको हो । युएफा च्याम्पियन्स लिग अन्तर्गत गएरातीका अन्य खेलहरुमा स्पेनको बार्सीलोनाले स्कटल्याण्डको सेल्टिकलाई १–० ले, जर्मनीको शाल्काले स्विजरल्याण्डको एफसी बाजललाई १–० ले, जर्मनीको बोरुसीया डर्टमुण्डले फ्रान्सको मार्सेलाई ३–० ले तथा स्पेनको एट्लेटिको मड्रिडले पोर्चुएगलको एफसी पोर्टोलाई २–१ ले हराएका छन् ।
गएराती ईटालीको एसी मिलान र नेदरल्याण्ड्सको आयाक्सले एक एक गोलको तथा रुसको जेनिथ र अष्ट्रियाको वेईनले गोलरहित बराबरी खेलेका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment