प्रत्यक्ष तर्फको उम्मेद्वारी दर्ता हुँदै
१७ असोज । आगमी संविधानसभा निर्वाचनमा पहिलो हुँने निर्वाचन प्रणाली (एपीटिपी) अर्थात प्रत्यक्ष तर्फको उम्मेद्वारको मनोनयन बिहीबार हुँदैछ ।
उम्मेद्वारको मनोनयन प्रत्येक जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा हुँनेछ । काठमाडौंको हकमा भने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उम्मेद्वारी दर्ताको कार्यक्रम हुँनेछ ।
प्रत्यक्षमा चुनाव चडने व्यक्तिले नागरिकताको प्रमाणपत्र, मतदाता नामावलीमा नाम भएको जानकारीपत्र र सम्वन्धित पार्टीले उम्मेद्वारका लागि दिएको पत्रको प्रतिलिपी आवश्यक मानेको छ ।
यसअघि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचनमा भाग लिने दलहरुको नामावली मागेको थियो । जसमा एक सय २४ दलले आवेदन दिएका थिए । उम्मेद्वारको बन्दसूचीको पेश शुक्रवारसम्म गरिसक्नुपर्ने आयोगको कार्यतालिका छ ।
आयोगले चुनावमा भाग लिन दल दर्ताका लागि दिएका एक सय ३९ दलमध्ये एक सय ३० दललाई निर्वाचनमा भाग लिन योग्य मानेको छ । समानुपातिक तर्फ भने एक सय ३० मध्ये एक सय २४ दलले मात्र प्रतिस्पर्धा गर्ने भएका छन ।
0 comments
Write Down Your Responses