ओबामाको एसिया भ्रमण रद्द

१८ असोज । अमेरिकी राष्ट्रपति बाराक ओबामाको शनिबारदेखि हुने भनिएको एसिया भ्रमण रद्द भएको छ ।

रिपब्लिकन पार्टीले बजेट पारित गर्न अस्वीकार गरेपछि अमेरिकाको अत्यावश्यक बाहेकका सरकारी सेवा बन्द भएकाले उनको भ्रमण रद्द गर्नुपरेको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ओबामाले एसिया भ्रमणको समयमा ब्रुनेइमा हुने एपेक सभा र पूर्वएसिया शिखर सम्मेलनमा भाग लिने कार्यक्रम थियो । यही क्रममा उनले मलेसिया र फिलिपिन्सको भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको थियो । उनको ठाउँमा अमेरिकी राज्य सचिव जोन केरी जाने भएका छन् । यसअघि बुधबार जारी विज्ञप्तिमा राष्ट्रपति ओबामाले मलेसिया र फिलिपिन्सको भ्रमण पछि सार्ने तर इन्डोनेसिया र ब्रुनेइको भ्रमण गर्ने जनाइएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...