विश्व शिक्षक दिवस मनाउने तयारी

१८ असोज । शिक्षकहरूले विभिन्न कार्यक्रम गरी विश्व शिक्षक दिवस मनाउने तयारी गरेका छन् ।

शिक्षकलाई आह्वान, शिक्षकहरूले नै गुणस्तरीय शिक्षाको नेतृत्व लिऔं भन्ने नाराका साथ मनाउन लागिएको विश्व शिक्षक दिवसको पूर्वसन्ध्यामा शुक्रबार ललितपुरमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा सहभागीले सरकारले शिक्षकको सम्मान, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गरे । शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले गुणस्तरीय शिक्षाका लागि योग्य र दक्ष शिक्षक हुनुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयले जुनसुकै क्षेत्रमा पनि योग्य हुनसक्ने जनशक्तिको उत्पादन गर्नसक्नुपर्ने पनि बताउनुभयो । कार्यक्रममा प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले निजी विद्यालयका शिक्षकले पनि सरकारी विद्यालयका शिक्षक सरह सुविधा पाउनुपर्ने माग गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...