नेपालमा पनि अहिंसा दिवस मनाइयो

१६ असोज ।
बुधबार अक्टोबर २ तारिख अर्थात अन्र्तराष्ट्रिय अहिंसा दिवस । नेपालमा पनि ‘शान्तिको संस्कृति अहिंसा अभियानमार्फत राष्ट्रको समृद्धि नाराका साथ अहिंसा दिवस मनाइयो । राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि विश्वभर मनाउन थालिएको अहिंसा दिवश नेपालमा पहिलो पटक औपचारिक रुपमा मनाइएको हो ।

संयुक्त राष्ट्र संघले महात्मा गान्धिको सम्मानमा उनको जन्म दिन अर्थात अक्टोवर २ तारिखलाई अन्र्तराष्ट्रिय अहिंसा दिवसको रुपमा मनाउन आह्वान गरेको थियो । राष्ट्रसंघकै आह्वानमा सन् २००७ देखि विश्वभर अहिंसा दिवश मनाइन्छ ।
विगतका बर्षमा नेपालस्थित भारतीय दुतावासले मात्र यो अहिंसा दिवश मनाउँथ्यो । तर यसपटक नेपाली नाराका साथ विभिन्न संघ संस्थाले औपाचारिक रुपमा अहिंसा दिवश मनाए । भारतमा यो दिवशलाई गान्धी दिवशका रुपमा पनि मनाइन्छ । अहिंसाको गान्धीमार्ग मान्नेहरु विश्वमा बढ्दै गरेको राजनैतिक आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक द्धन्द समाधानका उपाय पनि अहिंसामै भएको विश्वास गर्छन् । नेपाली समाजमा पनि विभिन्न प्रकारका हिंसालाई अहिंसाकै नीतिले रोक्न सकिने उनीहरुको दाबी छ ।

भारतको स्वतन्त्रता आन्दोलनका अगुवा महात्मा गान्धी दक्षिण अफ्रिकामा पनि भारतीय विरुद्ध भएका विभेदका लागि वर्षौ संघर्ष गरेका थिए । सन् १८६९ मा भारतको पोरबन्दरमा जन्मिएका महात्मा गान्धीको पूरा नाम मोहनदास करमचन्द गान्धी हो । तर उनी महात्मा गान्धीका नामले चिनिन्छन् । लामो समय भारतमा शासन गरेका अंग्रेज विरोधी आन्दोलनमा अहिंसाकै नीतिसहित गान्धीले अगुवाइ गरेका थिए ।

भद्र रुपमा तात्कालीन अंग्रेज प्रशासनलाई अवज्ञा गर्नेदेखि सत्याग्रहजस्ता गान्धीका अहिंसावादी आन्दोलनका स्वरुप विश्वभर चर्चित मानिन्छ । सामाजिक न्याय र शुद्धिकरणका लागि भन्दै लामो समय उपवास बस्ने गान्धी सादा जीवनमा विश्वास गर्ने गान्धी शाकाहारी थिए । गान्धीको नेतृत्वमा ‘भारत छोड’ आन्दोलनकै दबाबमा सन् १९४७ को अगष्ट अंग्रेजले भारत छोडेका थिए । तर स्वतन्त्र भएलगत्तै हिन्दु र मुस्लिम समुदायबीच भड्किएको हिंसाले भारत विभाजनको संघारमा पुग्यो । धार्मिक हिंसा भड्किएकै अवस्थामा सन् १९४८ जनवरी ३० तारिखका दिन हिन्दु राष्ट्रवादी नाथुराम गोड्सेले गान्धीको हत्या गरे ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...