दलहरुले स्वार्थका लागि पत्रकारलाई प्रयोग गरेको आरोप

१८ असोज । दलहरूले आ–आफ्नो स्वार्थका लागि सञ्चारमाध्यमलाई प्रयोग गरेको पत्रकारहरूले आरोप लगाएका छन् ।

काठमाडौमा शुक्रबार भएको कार्यक्रममा उनीहरूले विभिन्न दलहरूले पार्टीको मुखपत्रको रूपमा सञ्चारमाध्यमको प्रयोग गर्दा प्रजातन्त्रलाई असर पुगेको बताएका हुन । वरिष्ठ पत्रकार युवराज घिमिरेले राजनीतिक दलले आफ्ना अधिकारलाई गलत रूपमा प्रयोग गरेकाले प्रजातन्त्र धरापमा परेको बताउनुभयो । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले नेताहरूले बोली फेरिरहने भएकाले पनि प्रजातन्त्रको उपहास भएको बताउनुभयो । कार्यक्रममा सहभागीहरूले प्रजातन्त्र बलियो बनाउन सञ्चारमाध्यमले पनि आचारसंहिता पालना गर्नुपर्ने सुझाव दिएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...