रेल दुर्घटना हुँदा केन्यामा १२ जनाको मृत्यु

१४ कार्तिक । केन्याको राजधानी नैरोबीमा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

द्रुत गतिमा गुडिरहेको रेल बससँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा दर्जनांै यात्रु घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । दु्रत गतिमा गुडिरहेको रेलको लाईनमा बस आएको हुनाले दुर्घटना भएको नैरोबी प्रहरी प्रमुख बेनसोन किबुईले बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...