काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी

१६ असोज । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ बाट स्थानीय निकायले एक नम्वरमा सिफारिस उम्मेदरलाई टिकट नदिएको भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालावन्दी गरेका छन् ।

असन्तुष्ट कार्यकर्ताले निर्णय नसच्चाए आन्दोलन गर्ने भन्दै सघर्ष समिति नै गठन गरि आन्दोलनका कार्यक्रम नै घोषणा गरेका छन् । उनीहरुले केन्द्रको निर्णयले पार्टी धरासायी बनेको समेत आरोप लगाए सुनसरी क्षेत्र नंम्बर २ मा एकनम्बरमा हेमकर्ण पौडेललाई सिफारिस गरेपनि तेस्रो नम्वरमा परेका वद्रीनारयाण चौधरीलाई टिकट दिएपछि विवाद बढेको हो । यसैबीच नेपाली कांगे्रसका असन्तुष्ट कार्यकर्ताहरुले कांग्रेस तनहुँको पार्र्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले तनहुँमा टिकट वितरणमा एकाधिकारवादी सोच लादेको भन्दै कार्यलयमा तालाबन्दी गरेका हुन् । नेता पौडेले अडान लिन नसक्दा कार्यकर्ता विचलन हुने खतरा बढेको भन्दै उनिहरुले पौडेलको तानाशाहि एकाधिकारवादी रवैयाको विरुद्ध अनिश्चितकालिन तालावन्दि गरिएको पर्चा समेत टाँसेका छन् ।

जिल्लाका प्रभावशाली नेताहरुलाई टिकट नदिएर पौडेलले गलत गरेको कार्यकर्ताको आरोप छ । यता पौडेलको बिरुद्ध तरुण दलका केन्द्रिय सदस्य एवं महासमिति सदस्य पूर्णबहादुर गुरुङ्गले बागि उम्मेदबार दिने बताएका छन् । उपसभापति पौडेललको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदबारी दर्ता गराएका गुरुङ आफनो प्रत्यक्ष र समानुपातिक तर्फ नपरेपछि बागि उम्मेबारी दिने घोषण गरेका हुन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...