प्रहरीबाट उपत्यकामा सुरक्षा निगरानी बढाइयो

१४ कार्तिक । महानगरीय प्रहरी आयुक्तको कार्यालयले तिहार छठ लगायतका पर्व र निर्वाचनका क्रममा हुन सक्ने आपराधिक घटना रोक्न उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ ।

महानगरीय प्रहरी आयुक्त एआइजी नवराज ढकालले चाड पर्व र चुनावी सुरक्षाबारे जानकारी दिनुभएको हो । आयुक्त कार्यालयले हतियार तथा आपराधिक गिरोहको चलखेल बढ्न सक्ने भन्दै सुरक्षाका लाथि छुट्टै टोली बनाएर परिचालन गरेको छ । आयुक्त ढकालले तिहारमा पटाका, आतेसबाजी, भुइँचम्पा जस्ता प्रजोलनशिल वस्तुहरू प्रयोग गर्न नदिने बताउनुभयो ।
अपराधका सम्भावित स्थानमा आकस्मिक चेकिङ गर्ने, रातिको समयमा हुने गस्तीलाई तिव्र पार्ने र आवश्यक परे विशेÈज्ञ कुकुर समेत परिचालन गरिएको उहाँको भनाइ छ । आयुक्त कार्याललयले गत भदौ एकगते देखि नै चाडपर्व र निर्वाचनलाई लक्षित गर्दै उपत्यकामा विशेष सुरक्षा अभियान लागू गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...