उम्मेदवारी चयनको विषयमा एमालेका कार्यकर्ताको विारोध

१६ असोज । उम्मेद्वारी चयनमा विवाद भएपछि नेकपा एमाले बाँकेका असन्तुष्ट कार्यकर्ताले तीनजना केन्द्रीय सदस्यलाई पार्टी कार्यालयमै थुनिदिएका छन् ।

असन्तुष्ट कार्यकर्ताले केन्द्रीय नेतालाई थुनेर पार्टी कार्यालय बाहिर नाराबाजी समेत गरेका छन् । स्थानीय तहको सिफारिस विपरित केन्द्रले बाँके क्षेत्रनम्बर ३ मा टिकट बाँडेपछि नेतालाई थुन्नु परेको असन्तुष्ट कार्यकर्ताले बताएका छन् । क्षेत्र, जिल्ला र अंचलबाट पद्म धिताललाइ सिफारिस गरेकोमा केन्द्रले महिला कोटा पु¥यउने भन्दै प्रत्यक्षतर्पm सिफारिसमै नपरेकी विजया धिताललाई टिक दिएपछि विवाद बढेको हो ।
पार्टी कार्यालयको सभाहलमा छलफल भइरहेकै बेला पद्म पक्षका कार्यकर्ताहरुले सभाकक्षमै केन्द्रीय सदस्य एवं भेरी अञ्चल इन्चार्ज देवराज भार, केन्द्रीय सदस्य गौरा प्रसाई र वैकल्पिक केन्द्रीय सदस्य दलबहादुर सुनार सहितका नेता कार्यकर्तालाई थुनेका हुन् । असन्तुष्ट पक्षले केन्द्रले आफ्नो निर्णय बद्लेर पद्म धिताललाई टिकट दिइनुपर्ने माग अघि सारेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...