विगानसँग एन.के.मारिबोर पराजित

१८ असोज । युरोपा लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा गत वर्षको एफए कप विजेता विगान विजयी भएको छ । इंग्लिस क्लब विगानले एन.के. मारिबोरलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

विगानका लागि निक पावेलले २२ औं मिनेटमा र खेलको इन्जुरी समयमा गोल गरेका थिए । साथै बेन वाट्सनले ३४ औं मिनेटमा गोल गरे । खेलको दास्रो हाफमा मारिबोरका लागि ५९ औं मिनेटमा मोरालेस टेभारेसले एक मात्र सान्तवना गोल गरेका थिए । विगानले युरोपियन प्रतियोगितामा यस वर्ष पहिलो जित दर्ता गराएको छ । अन्य खेलहरूमा स्वान्सिले सेन्ट ग्यालेन क्लबलाई र टोटनह्यामले एन्जीलाई पराजित गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...