दशैंको टिकाको शुभसाइत ९ बजेर ५१ मिनेटमा

१६ असोज । यस वर्षको बडादशैमा टिकाको शुभसाइत विहान ९ बजेर ५१ मिनेटमा रहेको छ ।

पञ्चांग निर्णायक समितिले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरी विजयादशमी टीकाको शुभसाइत विहान ९ बजेर ५१ मिनेटमा रहेको जानकारी दिएको हो । घटस्थापना विसर्जन विहान ९ बजेर २५ मिनेटमा हुने पनि समितिले जनाएको छ । यस्तै तिथिको घटबढका कारण औशीको दिन बिहान ९ बजेर २१ मिनेट जाँदा घटस्थापना गर्नुपर्नेछ ।

प्रतिपदा तिथिका दिन राख्नुपर्ने जमरा यसपटक प्रतिपदा तिथि नै नभएकाले औशीको दिन घटस्थापना गर्नु परेको समितिको भनाइ छ । हिन्दु धर्मग्रन्थमा औंशीमा घटस्थापना गर्न नहुने उल्लेख भएपनि भोलिपल्ट प्रतिपदा तिथि नभई द्वितिया भएकाले झन् खतरा भएको पञ्चांग निर्णायक समितिले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...