काव्य स्कुललाई अमेरीकी संस्थाको १० वटा आइप्याड उपहार

काठमाण्डौ, १६ असोज । अमेरीकाको एटलाण्टास्थित हिमालयन चिल्ड्रेन च्यारिटिजले नयाँबानेश्वरस्थित काव्य स्कुलको कम्प्युटर ल्याव र पुस्तकालयको विस्तार र सुदृढीकरणका लागि १० वटा इलेक्ट्रोनिक्स बुक (आइप्याड) उपहार दिएको छ ।

संस्थाका अध्यक्ष ब्रुस केननको उपस्थितिमा उनकी पत्नि एवम् संस्थाकी निर्देशक सुसन केननले बुधबार स्कुलमा आयोजित एक कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटालाई करीव ६ लाख मुल्य बराबरको ती आइप्याड हस्तान्तरण गरेकी हुन् । अमेरीकी सामाजिक संस्थाबाट यस्तो सहयोग पाउने काव्य स्कुल पहिलो नीजि विद्यालय भएको छ । हस्तान्तरण कार्यक्रममा विद्यालयका सञ्चालकद्धय सुनिलकुमार घर्ती र प्रेमराज अर्याल तथा क्रियटिंग पोसिबिलिटीज नेपालका निर्देशक दिनेशराज सापकोटाको पनि उपस्थिति थियो ।

केनन दम्पत्तिले गत चैत महिनामा काव्य स्कुलको शिक्षण प्रविधि, भौतिक अवस्था, पुस्तकालय, विज्ञान प्रयोगशाला लगायतको स्थलगत अध्ययन गरेको थियो ।

सन् १९९० मा अमेरिकामा हिमालयन चिल्ड्रेन च्यारिटीजको स्थापना गरेदेखि नै नेपालका अनाथ, असहाय तथा गरीव विद्यार्थीहरुको लालनपालन र स्नातकसम्मको शिक्षामा सहयोग गर्दै आएको थियो । यसअघि संस्थाले नेपाल वाल संगठनमा आर्थिक तथा शैक्षिक सहयोग गर्दै आएको थियो । सो अमेरीकी संस्थाले नेपालस्थित स्थानीय संस्था क्रियटिंग पोसिबिलिटीज नेपाल अर्थात सिपी नेपालमार्फत दशजना नेपाली वालवालिकालाई काव्य स्कलमा अध्यापन गराईराखेको छ ।

संस्थाले नेपालका ६० जना वालवालिकालाई स्नातक तहसम्म पढ्नको लागि शैक्षिक तथा आर्थिक सहयोग गर्दै आएको छ । साथै संस्थाले दांग जिल्लाका कम्लरीहरुको शिक्षाको लागि सहयोग गर्दै आएको छ ।

1 comments

Kathmandu ko mutu Naya Baneshwor ma bhako Kavya Jasto school lai donation chahincha ki Naya Baneshwor mai bhako Ratna Rajya School lai??

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...