चाडपर्वलाई लक्षित गरी बजार अनुगमन

१६ असोज । चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यलय तनहुँले बजार अनुगमन तिव्र पारेको छ ।

अनुगमनका क्रममा व्यपारीले कृत्रिम अभाव सिर्जना गर्ने र गुणस्तरहिन खाद्यवस्तु विक्रि वितरण गर्ने गरेको पाइएको छ । अनुगमन टोलीले भिमाद बजारका किराना पसल, होटल, र औषधी पसलमा अनुगमन गरी ठूलो मात्रमा अखाद्य वस्तु तथा म्याद नाघेका खाद्यवस्तु एवं पेय पदार्थ बरामद गरी नष्ट गरेको छ ।

सहायकप्रमुख जिल्ला अधिकारी सरदकुमार पोख्रेल नेतृत्वको टोलीले बजारका ५८ वटा होटल तथा पसलमा अनुगमन गर्दा म्याद नाघेका सामाग्री भेटिएका थिए । प्रशासनले यसअघि जिल्लाको दुलेगौंडा, डुम्रे, आँवुखैरेनी लगायतका बजार क्षेत्रमा पनि अनुगमन गरि अखाद्य वस्तु जफत गरि नष्ट गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...