समानुपातिकको बन्दसूचीमा आएका समस्या सुल्झ्याउन आयोगबाट छलफल

४ अक्टुबर । प्रमुख दलहरुले बुझाएको समानुपातिकको बन्दसुचीमा लैङगिक, समावेशी जस्ता कुरा नमिलेपछि निर्वाचन आयोगले छलफल गरेको छ । आयोगको कार्यालयमा भएको छलफलमा समानुपातिकको बन्दसुची रुजुको क्रममा समस्या देखिएपछि प्रमुख दलका शीर्ष नेता स्वयंले छलफल गरेका हुन । छलफल पछि प्रमुख दलका शीर्ष नेताले प्राविधिक समस्या आएकाले आयोगसँग छलफल गरेको जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले वर्ग, क्षेत्र लगायतको राजनीतिक समस्या आएकाले छलफल भएको जानकारी दिनुभयो । छलफलमा एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमालेका शीर्ष नेता सहभागी थिए । यसैबीच निर्वाचन आयोगले सबै उम्मेदवारको सुरक्षा दिन सरकारलाई निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सबै उम्मेदवारको सुरक्षाका लागि सरकारलाई निर्देशन दिइएको जानकारी दिनुभयो । आयोगले बारामा उम्मेदवारमाथि भएको घटना दुःख समेत प्रकट गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...