३३ दलीय मोर्चाबाट विरोध प्रदर्शन

१७ असोज । दलहरू संविधानसभा चुनावका लागि उमेद्वारी दर्ता गर्न व्यस्त रहेका वेला चुनावको बिपक्षमा रहेका नेकपा माओवादी लगायतका ३३ दलले धनकुटा लगायतका जिल्लामा बिरोध प्रदर्शन गरेका छन ।

धनकुटामा नेकपा–माओबादी, लिम्बुवान लगायत चुनावको बिपक्षमा उत्रिएका दलहरुले बिरोध जुलुश, कोणसभा, पुत्ला दहन, र उम्मेदवारी दर्ता गर्न जाने दलहरुलाई कालो झण्डा समेत देखाएका छन ।

उनिहरुले धनकुटा बजारमा कालो भण्डा सहित निर्बाचन बिरोधी नाराबाजी गर्दै बिरोध गरेका थिए । त्यस्तै स्थानिय मदनचोक र भिमनारायण चोकमा कोणसभा सहित शिर्ष दलका नेताको पुत्ला समेत दहन गरेका छन बिपक्षी दलकोे बिरोधलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा ब्यावस्था कडा बनाएको थियो । प्रशासनले उम्मेदवारलाई सुरक्षा दिई उम्मेदवारी दर्ता गर्न निर्बाचन कार्यालयमा पु¥याउने ब्यावस्था मिलाएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...