अत्यावश्यक बाहेकका सेवाहरु आंशिक रुपमा बन्द

१५ असोज । अमेरिकामा १७ वर्षपछि पहिलोपटक सरकारले अत्यावश्यक बाहेकका सेवाहरू आंशिक रूपमा बन्द गर्न सुरु गरेको छ ।

आउँदो वर्षको बजेट पारित गर्न विपक्षी रिपब्लिकन पार्टीले अस्वीकार गरेपछि सरकारले अत्यावश्यक बाहेकका सेवाहरू आंशिक रूपमा बन्द गर्न सुरु गरेको हो । राष्ट्रपति बाराक ओबामाले यसलाई टार्न अन्तिम समयसम्म प्रयास गरे पनि रिपब्लिकन पार्टीका अगाडि उनको केही नलागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । यो निर्णयका कारण सात लाखभन्दा बढी संघीय कर्मचारीहरूलाई केही महिनाका लागि बेतलबी बिदा दिइने छ । राष्ट्रपति बाराक ओबामाले अघि सारेको ओबामा हेल्थ केयर कार्यक्रमका लागि बजेट बिनियोजन गर्न यो योजना अघि सारेको विपक्षीको आरोप छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...