पाकिस्तानमा विस्फोटबाट १५ जनाको मृत्यु

१७ असोज । पाकिस्तानको ओरक्जाई एजेन्सी क्षेत्रस्थित लडाकु कमाण्डरको घरमा भएको विस्फोटमा १५ जनाको मृत्यु भएको छ ।

अन्य ६ जना घाइते भएका छन् । आत्मघाती आक्रमणकारीले आफू चढेको गाडी घरको कम्पाउन्डभित्र लगेर विस्फोट गराएको जनाइएको छ । लडाकु कमाण्डर नाबी हान्फी तालीवानविरुद्धको कारबाहीमा सक्रिय रहेको बताइएको छ । उनको अवस्थाको बारेमा केही बताइएको छैन । विस्फोटको जिम्मा तेरिक ए तालिवानले लिएको छ । यो क्षेत्र पाकिस्तानी तालिवान र अल कायदा सम्बद्ध विद्रोहीको पकड क्षेत्र हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...