सार्कस्तरीय गोष्ठी काठमाडौंमा सुरु

१६ असोज । गरीबी निबारणका लागि दक्षिण एसियाली राष्ट्रहरुमा भइरहेका उत्कृष्ट अभ्यासहरुका बारेमा जानकारी आदान प्रदान गर्ने र थप रणनीतिहरु तय गर्ने उद्देश्यले काठमाडौंमा आजदेखि दुई दिने सार्कस्तरीय गोष्ठी शुरु भएको छ ।


मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले कार्यक्रम उद्घाटन गर्दै दक्षिण एसियाको सबैभन्दा ठूलो समस्याका रुपमा रहेको गरीबी हटाउन अझै पनि धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

गरीबी निवारणका लागि गरीबमुखी नीति तथा कार्यक्रमका साथै समावेशी कार्यक्रमलाई क्षेत्रीय र उपक्षेत्रीय तहमा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल सरकारले गरिबी निवारणका कार्यक्रमहरुलाई विशेष महत्व दिएको जानकारी दिँदैं रेग्मीले सन् २०२० सम्ममा नेपालले आफूलाई अति कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकका रुपमा स्थापित गर्ने तयारी गरिरहेको जानकारी दिए ।

कार्यक्रममा सन् २००९ देखि २०१० सम्ममा दक्षिण एसियाको गरीब र सीमान्तकृत वर्गका लागि खाद्य सुरक्षाको स्थितिलाई समेटेर तयार पारिएको क्षेत्रीय गरीबी प्रतिबेदन पनि सार्वजनिक गरिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...