अक्षय कुमारको 'बोस'लाई झड्का र खुसि एकैपटक

मुम्बई। 'गिनीज बुक अफ व‌र्ल्ड रेकर्ड' मा रहेको पपस्टार माइकल ज्याक्सनको पोस्टर 'दिस इस इट'को विश्वको सबै भन्दा ठुलो पोस्टरको उपाधि अब अक्षय कुमारको अपकमिंग फिल्म 'बोस'ले खोसेको छ । अक्षय कुमारका फ्यानहरुको समूह 'टिम अक्षय'ले 'बोस'को यस्तो पोस्टर बनाएका छन्, जसले माइकल ज्याक्सनको पोस्टरको सबै उपाधि तोडेको छ ।

मिडियामा आएका कुराहरुलाई सत्य मान्ने हो भने ३ अक्टोबरमा युकेको लिट्टिल ग्र्यान्स्डेनमा अनावरण गरिएको यस पोस्टरलाई निर्माण गर्न पुरा टिमले चार महिना खर्चेका थिए । यसलाई ब्रिटेनको आर्ट कम्पनि म्याक्रो आर्टले निर्माण गरेको हो । याद रहोस, यो त्यहि कम्पनि हो जसले माइकल ज्याक्सनको तस्बिरलाई विश्वको सबै भन्दा ठुलो पोस्टरको रुपमा निर्माण गरेको थियो ।
भनिएको छ कि यसको लम्बाई ५४.९४ मित्र र चौडाई ५८.८७ मिटर छ । जुन माइकलको तस्विरभन्दा १५ देखि २० प्रतिशतले ठुलो हुन जान्छ । यस तस्विरलाई गिनिज बुक्सको आधिकारिक वेबसाइटमा पनि राखिएको छ । यस बिषयमा अक्षयसंग मिडियाले कुरा गर्दा अक्षयले यसलाई आफ्नो लागि गर्वको कुरा रहेको बताएका थिए, भने उनि आफ्नो टिम र फ्यानहरुप्रति आभारी रहेको पनि बताएका थिए ।

अदालतले बन्द गरायो अक्षयको 'पार्टी अल नाइट'

तर यता दिल्लीको हाइकोर्टमा भने अक्षयको फिल्म 'बोस'को 'पार्टी अल नाइट' बोलको गितको बिरुद्धमा मुद्दा परेको थियो । मुद्दामा सुनुवाई गर्दै 'पार्टी अल नाइट'लाई हटाउनु पर्ने फैशला गरेको छ । 'गीतमा रहेको ‘कान, में दम है तो बंद करवा लो’ भन्ने सम्बादलाई जब हनी सिंहले गाए, उनको टोनमा यो भद्दा बन्यो र रोक्नुपर्नेसम्मको स्थिति आयो।' भारतीय मिडियाले लेखेका छन्।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...