माउण्ट सेबमा आयुष र आशिका विजयी

बलराम प्यासी
काठमाण्डौ । दुईकक्षाका आयुष थापा र ५ कक्षाकी आशिका सापकोटा यसवर्षको माउण्ट सेव लिट्टिल मास्टर र मिस घोषित भएका छन् । उनीहरु माउण्ट सेब स्कुल जडिबुटीका १४३ जना प्रतिश्पर्धिमध्ये उत्कृष्ट ८ मा छानिएपछि विजयी भएका हुन् ।

यसैगरि विविका श्रेष्ठ फस्ट रनर अप र सेलिका श्रेष्ठ सेकेण्ड रनर अप भईन । निश्मा श्रेष्ठले बेष्ट ड्रेसतर्फको तथा मिशेल थापाले बेस्ट स्माइलको पुरस्कार पाइन ।

यसैगरि रुवि गिरी र ऋषभ चौधरीले सान्त्वना पुरस्कार पाए । उनीहरुलाई विद्यालयकी प्रिन्सिपल राजेश्वरी श्रेष्ठले पुरस्कार दिनुका साथै तथा ताज लगाईदिएकी थिईन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...