बडादशैंको पाँचौ दिन नवदुर्गामध्येकी स्कन्दमाता भगवतीको पूजा सम्पन्न

बडादशैंअन्तर्गत आज पाँचौ दिन स्कन्दमाता भगवतीको पूजा आराधना गरिएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरिएका दशैंघर तथा शक्तिपीठहरूमा भगवती स्कन्दमाताको पूजा आराधना गरिएको हो ।

नवरात्रका नौ दिनसम्म दुर्गाका एक–एक स्वरूपको पूजा आराधना गर्ने परम्परा रहेको छ । सनातन हिन्दू धर्मावलम्बीहरूले नौ दिनसम्म दशैंघरमा दुर्गा सप्तशती चण्डी र देवी माहात्म्य पाठ गरी शक्तिस्वरूपा भगवतीको आराधना गर्दछन् । आज पनि देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइंचो लागेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...