दशैंको पहिलो दिन घटस्थापना, देशैभर घरघरमा जमरा राख्ने कार्य सम्पन्न

हिन्दु नेपालीहरुको महान पर्व बडा दशैं आज शनिबारदेखि घर घरमा प्रवेश गरिसकेको छ । वडा दशै शरद ऋतुको आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापना देखि कोजाग्रत पुर्णिमासम्म दुर्गा भवानीको पूजा आराधना तथा टिका ग्रहण गरी दसैं मनाइन्छ ।
दसैंको पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा वैदिकहरूले नजिकको तीर्थबाट ल्याएको माटोमा वैदिक विधिपूर्वक पञ्चधातु (सुन, चांदी, पित्तल, फलाम र तामा) एवं पञ्चपल्लव (पीपल, वर, आँप, दुमरी र पाखीको पात) राखी आ–आफ्ना घरको पूजाकोठा तथा दसैंघरमा विधिपूर्वक दियो, कलस र गणेशको पूजासहित माटोको घडामा गाईको गोबर टाँसी मकैलगायत अन्य अन्नलाई रोपेर घटस्थापना गरिन्छ जुन विजया दसमीका दिन जमराको रुपमा प्रयोग हुन्छ ।

विजया दसमीका दिन मान्यजनबाट टीका ग्रहण गर्दा समृद्धिको प्रतीक पहेंलो जमरा प्रयोग गरिन्छ । आज राखेको जमरा दसमीमा मान्यजनको हातबाट लगाइन्छ ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने दशैं पर्वमा आजबाट नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दशैं घरमा पूजाअर्चनासहित दुर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।

तराईका विभिन्न ठाउँमा दुर्गा पूजा एवम् नवरात्री पूजा गरेर यो पर्व धुमधामका साथ मनाइंदैछ । विजया दशमीका अवसरमा धनुषाको जनकपुरधामस्थित राजदेवी, सप्तरीको छिन्नमस्ता, शक्रेश्वरी र कंकाल्नी, सिरहाको मिर्चैयास्थित दुर्गा मन्दिर, वीरगञ्जको माइस्थान मन्दिर, नेपालगन्जको बागेश्वरी मन्दिरका साथै विभिन्न शक्तिपीठहरूमा आज विहानैदेखि पूजा पाठ सुरूभएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...