बडादशैंको चौथौ दिन कुष्माण्डा भगवतीको पूजा सम्पन्न

शारदीय नवरात्रको आज चौथौ दिन नवदुर्गामध्येकी कुष्माण्डा भगवतीको पूजा आराधना गरिंदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरिएका दशैंघर तथा शक्तिपीठहरूमा भगवती कुष्माण्डाको पूजा आराधना भइरहेको हो ।
नवरात्रका नौ दिनसम्म नवदुर्गाका एक–एक स्वरूपको पूजा आराधना गर्ने परम्परा रहेको छ । सनातन हिन्दू धर्मावलम्बीहरूले नौ दिनसम्म दशैंघरमा दुर्गा सप्तशती चण्डी र देवी माहात्म्य पाठ गरी शक्तिस्वरूपा भगवतीको आराधना गर्दछन् । नवरात्रको चौथो दिन आजपनि काठमाडौं उपत्यकाका गुह्येश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकाली, संकटा, बज्रबाराही, नवदुर्गा लगायत देशभरिका शक्तिपीठहरूमा भक्तजनको घुइंचो लागेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...