'बिग बि' ७१ प्रवेश 'Happy Birthday To Amitabh Bachchan'

बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो जीवनका ७० बसन्तहरुपार गरेर आज देखि ७१औं बर्षमा प्रवेश गरेका छन् । आजभन्दा ७१ वर्षअगाडी ११ अक्टोबर १९४२मा कबि हरिबंश राय बच्चन र तेजी बच्चनको घर इलाहाबादमा जन्म लिएका यिनी १९७०को दशकमा 'एन्ग्री योंग म्यान'को भूमिकामा लोकप्रिय भएका थिए ।


उनको अभिनयलाई माथ खुवाउने अहिलेसम्म कोहि निस्कन सकेको छैन । त्यसैले त बलिउडका सुपरस्टार यिनको अरु अभिनेताहरुसंग तुलना हुनै सक्दैन भन्छन भारतीय मिडियाहरु । चार दशकको आफ्नो फिल्मी करियरमा १८० भन्दा धेरै फिल्ममा काम गरेका यिन्ले केहि कार्यक्रम होस्ट र निर्माण पनि गरेका छन् ।

आफ्नो फिल्मी करियरमा उनि National Film Awards, Filmfare Lifetime Achievement Award, Superstar of the Millennium, Padma Shri, Padma Bhushan जस्ता विभिन्न पदक तथा अवार्डबाट सम्मानित भैसकेका छन् ।न् यिनलाई मुख्यत: अभिनेताका रुपमा नै चिनिन्छ । तर यिनी अभिनेता बाहेक पार्श्व गायक, फिल्म निर्माता, टेलिभिजन प्रस्तोता हुनुका साथै १९८०को दशकमा राजनीतिमा समेत लागेका थिए ।



आज यिनै सुपरस्टारको जन्मदिन परेको छ उनलाई जन्मदिनको शुभकामना दिन उनको फेसबुक पेज https://www.facebook.com/AmitabhBachchan लाइक वा उनको ट्वीटर एकाउन्ट https://twitter.com/SrBachchan फलो वा इन्स्ट्राग्राम एकाउन्ट http://instagram.com/AmitabhBachchan मा वा उनको अफिसियल ब्लग http://srbachchan.tumblr.com/ मा जानुहोस ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...