मान्यजनबाट टीका र जमरा लगाएर हर्षोल्लासपूर्वक विजयादशमी मनाइंदै

आज हिन्दूहरूको महान् चाड बडादशैंको दशौँ दिन अर्थात् विजयादशमी । मुलुकभरि नै हर्षोल्लासपूर्वक मान्यजनबाट टीका र जमरा लगाएर विजया दशमी मनाइंदै छ ।

नवरात्रभरि पूजा आराधना गरिएकी दुर्गा भवानीको प्रसादस्वरूप जमरासहितको टीका लगाउने परम्परा छ । पूजाकोठा तथा दसैं घरमा विधिपूर्वक राखिएको जमरा आज देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरिन्छ । आज मान्यजनले नवदुर्गाको प्रसाद टीका र जमरा लगाइदिनुका साथै ऐश्वर्य बृद्धि तथा दीर्घायुको आशीर्वाद दिने गर्दछन् । रातो टीका विजय र पहेंलो जमरा संमृद्धिको प्रतीक मानिन्छ ।

यसैबीच टीकाको शुभसाइतसगै राष्ट्रपति डाक्टर रामवरण यादवले गुरु पुरोहितबाट टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति निवास शितलनिवासमा गुरु पुरोहित र राष्ट्रिय दशै घर हनुमान ढोकाका पुरोहितवाट राष्ट्रपति डाक्टर रामवरण यादवले टीका ग्रहण गर्नुभएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...