सर्वसाधारणद्वारा पनि राष्ट्रपतिको हातबाट टिकाग्रहण
राष्ट्रपति डा. रामवरण यादवसँग आइतबार शितलनिवासमा दशैंको टिका लगाउन पुगेका सर्वसाधारणहरुलाई टिका लगाईदिंदै राष्ट्रपति डा. रामवरण यादव । तस्विर:पिजन
राष्ट्रपति यादवले घर परिवारका सदस्य, आफन्तका साथै उपराष्ट्रपति परमानन्द झा, प्रधानसेनापति गौरवशमशेर राणा र प्रहरी महानिरिक्षक कुवेरसिंह रानालाई टिका लगाउनुभएको थियो । राष्ट्रपतिवाट टिका तथा आशिर्वाद ग्रहण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामति कर्मचारी सेवाका उच्च अधिकारीहरू पनि राष्ट्रपति कार्यालय शितलनिवास पुग्नु भएको थियो । राष्ट्रपति डा.यादवबाट बडादशैको टिका तथा आशिर्वाद ग्रहण गर्न सर्वसाधारण पनि राष्ट्रपति कार्यालय शितल निवासमा पुगेका थिए ।
0 comments
Write Down Your Responses