आज बडा दशैंको दोस्रो दिन, दुर्गा भगवतीका विभिन्न नौ ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै

हिन्दूहरूको महान् चाड बडा दसैंको आज दोश्रो दिन । दुर्गा भगवतीका विभिन्न नौ रूपमध्ये आज ब्रह्मचारिणीको पूजाअर्चना गरिंदैछ । बडा दसैंको दोस्रो दिन आज विभिन्न शक्तिपिठहरुमा पुजाआजका लागि विहानैदेखि भत्तजनहरुको भीड लागेको छ ।

नबरात्रको अबधि भर बिभिन्न देविदेउता र शक्तिपिठहरुमा एकचित्त र एकाग्र भई ब्रत बस्ने प्रचलन पनि छ । नबरात्रमा ब्रत बस्नाले सोचेको मनोकामना पुरा हूने र मागेको कुरा मिल्ने जनविश्वास भएकाले पनि बिहानै उठि नजिकै रहेका बिभिन्न नदि ,ताल तलाउमा गई नुहाएर पुजाआजा गर्ने भक्तजनहरुको घुईचो लागेको हो ।

आश्विनशुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको पूजा आराधना गरी दसैं मनाइन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने दशैं पर्वमा नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दशैं घरमा पूजाअर्चनासहित दुर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...