बडादशैंको छैठौं दिन कात्यायनी भगवतीको पूजा आराधना गरियो ।

बडादशैंको छैठौं दिन कात्यायनी भगवतीको पूजा आराधना गरिएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरिएका दशैंघर तथा शक्तिपीठहरूमा कात्यायनी भगवतीको पूजा आराधना गरिएको छ ।

नवरात्रका नौ दिनसम्म दुर्गाका एक–एक स्वरूपको पूजा आराधना गर्ने परम्परा रहेको छ । सनातन हिन्दू धर्मावलम्बीहरूले नौ दिनसम्म दशैंघरमा दुर्गा सप्तशती चण्डी र देवी माहात्म्य पाठ गरी शक्तिस्वरूपा भगवतीको आराधना गर्दछन् । आज पनि देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइंचो लागेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...