
हडतालको नेतृत्वकर्तामध्ये एकले भनिन 'जब हाम्रा बच्चाहरुले जन्मनुभन्दा अगाडी नै खराब सडकको कारणले मृत्युबरण गर्नुपर्छ भने किन हामीले बच्चाको बारेमा सोच्ने त्यसैले हामीले यौन सम्बन्ध राख्न नै बन्द गरिदियौ ।' जबसम्म सडक बन्दैन तबसम्म यो हड्ताल जारी रहन्छ, हडतालको नेतृत्व गर्नेहरुको भनाइलाई उद्धृत गर्दै केहि मिडियाहरुले लेखेका छन् ।
२०११मा जब एक गर्भवती महिला खराब सडकको कारण अस्पताल पुग्न पाइनन तब पहिलोचोटी सेक्स स्ट्राइक भएको थियो । २०११मा भएको पहिलो हड्ताल करिब तिन महिना १९ दिनसम्म चलेको थियो । त्यतिबेला सेक्स स्ट्राइकको मामला निकै नै चर्चामा थियो र समाचारका हेडलाइन पनि बनेको थियो । जसका कारण स्थानीय नेताहरुद्वारा ३५ माइल लामो सडकलाई मर्मत गरेर राम्रो बनाउने बाचा गरिएको थियो । र यसका लागि सरकारले पनि २१ मिलियन डलरको मद्दत गरेको थियो । यद्यपी २ वर्षा बितिसक्दा पनि सडक नबनेपछी महिलाहरुले पुन सेक्स हड्ताल सुरु गरेका छन् ।
मिडियामा प्रकाशित समाचारहरुलाई मान्ने हो भने यहाँ अहिले सडक निर्माण कार्य तिब्र गतिमा युद्धस्तरमा संचालन भैरहेको छ । इन्जिनियरहरुको फौजको साथमा बुल्डोजर र अन्य मेसिनहरु अहिले तिब्र गतिमा परिचालित छन्, मिडियामा खबर छ ।
No comments:
Post a Comment