दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना सम्पन्न

हिन्दूहरूको महान् चाड बडादसैंको आज तेस्रो दिन । नवदुर्गा भगवतीमध्ये आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरिएका दशैंघर र विभिन्न शक्तिपीठमा चन्द्रघण्टाको विशेष पूजा आराधना गर्ने गरिएको छ । घरघरमा दुर्गा सप्तशती चण्डीको पाठसहित श्रद्धालुहरू भगवतीको आराधना गर्ने गर्दछन् । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने बडादशैंमा नौ दिनसम्म विभिन्न शक्तिपीठमा समेत भक्तजनहरूको घुइंचो लाग्ने गर्दछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...