दशैंको यात्राले निम्त्याउँदै छ दशा

दशैका बेलामा आ–आफ्ना गन्तव्यमा हिडेका मानिसहरुको भीडले सवारी साधनमा पनि यात्रुहरुको चाप निकै बढ्दै जान थालेको छ ।

विभिन्न रुटमा चल्ने सवारीसाधनहरु यात्रुहरुले भरिभराउ भएका छन् । वस र जीपलगायतका सवारीसाधनमा सीट नभएपछि यात्रुहरु वस र जीपको छतमा बसेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्, जसकारण दुर्घटनाको खतरा बढेको छ । दशैंका बेला सुरक्षित रुपमा आफनो गन्तव्यमा पुग्नु पर्ने बेलामा सवारी साधनको छतमा बसेर कष्टकर यात्रा गर्नुपर्ने यात्रुहरुको गुनासो रहेको छ । दशैका बेलामा गरिने यात्रा मंगलमय हुनुको साटो दशाको रुपमा आइरहेको छ यात्रुहरुको गुनाशो छ ।

यस्तै जिल्लाका सदमुकामबाट ग्रामिण भेगका लागि छुट्ने अधिकांश बस तथा जीपहरुमा यात्रु छतमा बसेर यात्रा गरेको पाइन्छ । यसबारेमा यातायात व्यबसायीहरुसंग प्रश्न राख्दा छतमा राखेर यात्रा गराउनु आफुहरुको रहर नभएर बाध्यता भएको व्यातायात व्यबसाहिरु बताउछन् ।

शहरी क्षेत्रमा भने ट्राफिक कार्यालयले बिभिन्न स्थानहरुमा छड्के चोकिङ्ग तिब्र पारेको जनाइएको छ । तर ग्रामिण क्षेत्रमा जाने सवारीसाधनमा यात्रुहरुले गर्ने जोखिमपूर्ण यात्रा भने रोकिएको छैन । छतमा राखेर यात्रा गराउने तथा नियम उल्लङ्घन गर्ने सबारि साधनलाई कारबाहि समेत गरिएको र कारबाही गर्ने क्रम जारी रहेको पनि बताइन्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...