पल्सरको नयाँ मोडेल सार्वजनिक गर्दै बजाज (फोटो फिचर)


भारतमा सबैभन्दा बढी बिक्रि हुने मोटरबाइक कम्पनि भएकैले भारतीय मोटरबाइक बजारको बादशाह मानिएको बजाजले पल्सरको नयाँ सेरिज भारतीय बजारमा चाडै नै लन्च हुने भएको छ । कम्पनीले नयाँ मोडेल पल्सर २००ss लाई भारतीय बजारमा लन्च गर्नका निमित्त पुरै तयारी सम्पन्न गरेको कुरा जानकारीमा आएको छ ।


बजाजले एक पछी अर्को गर्दै बर्षौंदेखि लगातार पल्सरको नयाँ सेरिज सार्वजनिक गर्दै आएको छ र ग्राहकहरुको भरोसालाई पनि जित्दै आएको छ । ग्राहकको भोरासा र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले डिसेम्बरको अन्त्यसम्मा बजाज पल्सर २००ss लाई सार्वजनिक गर्ने तयारी गर्दै छ ।


यो मोटरबाइकमा पनि पल्सरको पहिलाका सेरिजहरुमा झैं बजाजद्वारा अविस्करित टेक्नोलोजी जसले रफ्तारको दुनियाँलाई पनि एक किसिमको नयाँ पहिचान दिएको छ, त्यहि प्रविधि अर्थात् डीटीएसआई (डिजिटल ट्विन स्पार्क इग्निशन) इन्जिन नै प्रयोग गरिएको छ ।


यसको बजार मुल्यको बारेमा कम्पनिले कुनै अधिकारिक धारणा सार्वजनिक गरेको छैन । यद्यपी अटो एक्स्पर्टहरुले भने यसको मूल्य भारतीय बजारमा भारु एक लाख भन्दा धेरै नै हुने सम्भावना रहेको बताएका छन् । पल्सरको यो सेरिजले यामाहाको R-15, होण्डाको CBR150 र होण्डाकै ZMR जस्ता मोटरबाईकको मार्केटमा कडा चुनौती दिन सक्ने सम्भावना रहेको पनि अटो एक्स्पर्टहरुले बताएका छन् ।


१२ भोल्टको ब्याट्री जडान गरिएको यसमा सेल्फ स्टार्टको सुविधा रहनुका साथै स्ट्याण्ड अलार्म पनि रहेको यसमा १२ लिटर क्षमताको इन्धन ट्यांकी छ ।

कुल तौल 143KG-152KG रहेको नयाँ पल्सर 200ssमा ४ स्ट्रोक भएको २०० सीसीको ४ भल्व लिक्विड कुल्ड इन्जिनको प्रयोग गरिएको छ । यसको माइलेज 53 KM/Ltr. रहेको छ । यसको अधिकतम स्पीड 135 KM/Hr. रहेको छ भने टर्क क्षमता 18.3Nm - 8000rpm सम्म रहेको छ ।

, ,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...