श्रृंखलाबद्ध बम विष्फोटमा २४ जना मारिए

१५ कार्तिक । इराकमा भएको श्रृङखलाबद्ध बम बिस्फोटमा २४ जनाको ज्यान गएको छ ।

साँझको समयमा व्यस्त सहरमा भएको बिस्फोटमा ८७ जना घाइते भएका छन् । इरानी सीमा नजिकको दियाला प्रान्तमा अमेरिकाले सन् २००३ देखि कारवाही सुरू गरेपछि अशान्ति बढेको छ ।

यसअघि इराकका बिभिन्न स्थानमा दिउँसोको समयमा भएको बिस्फोटका घटनामा १४ जनाको मृत्यु भएको र ५५ जना घाइते भएको प्रहरीले जनाएको छ । राष्ट्रसंघले जनाए अनुसार यो वर्षको जनवरी देखि सेप्टेम्बरसम्म ६ हजार मानिसको ज्यान जानुका साथै १४ हजार घाइते भएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...