बम विष्फोटबाट ४ बालबालिकाको मृत्यु

१५ कार्तिक । अफगानिस्तानको वारडाक प्रान्तमा भएको एक बम बिस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ ।
वारडाक प्रान्तको सलार गाउँमा भएको बिस्फोटमा अन्य केही घाइते भएका छन् ।

बालबालिकाहरूले बमलाई खेलौनाको रूपमा घरमा लगेर खेल्दा बिस्फोट भएको थियो । त्यस्तै, अफगानिस्तानको कान्दाहर प्रान्तमा अमेरिकी सेनाले गरेको कारवाहीमा एक अफगानी नागरिकको ज्यान गएको छ । अफगानिस्तानमा अमेरिका लगायतका पश्चिमा राष्ट्रहरूले सन् २००१ को अक्टुबर देखि सुरू गरेको तालिवानी विरूद्धको कारवाही जारी छ । अमेरिकी सैनिक कारवाहीले तालिवानी समुहलाई सत्ताबाट हटाए पनि बिगत १२ वर्ष देखि यता शँन्ति कायम हुन सकेको छैन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...