२४ कार्तिक । ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिडले रियल सोसियाडलाई पराजित गरेको छ ।
रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा रियल म्याड्रिडले रियल सोसियाडलाई ५–१ गोलअन्तरले हराएको हो । रियलका लागि यो सिजनकै उत्कृष्ट फर्ममा रहेका क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।
उनले खेलको १२औं मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल खेलको २६औं मिनेटमा पेनाल्टीमा गरेका थिए भने तेस्रो गोल खेलको ७६औं मिनेटमा फ्रीकीकमा गरेका थिए । म्याड्रिडका लागि खेलको १८औ मिनेटमा करिज बेन्जीमाले गोल गरे भने खेलको ३६औं मिनेटमा सामी कडेरियाले गोल गरे । रियल सोसियाडका लागि भने ग्रीज म्यानले खेलको ७१औं मिनेटमा एक गोल फर्काएका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment