चुनावी प्रचारमा बालबालिका प्रयोग गरिएकोमा आपत्ति

२४ कार्तिक । केन्द्रीय बालकल्याण समितिले दलहरुले चुनावी प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरेकोमा आपत्ति जनाएको छ ।

काठमाडौमा आइतबार समितिले पत्रकार सम्मेलन गरी राजनीतिक दलहरुले आचारसंहिता विपरित चुनावी प्रचारप्रसारमा वालबालिकाको प्रयोग गरेको भन्दै आपत्ति जनाएको हो । समितिले ५० भन्दा बढी जिल्लाबाट आएको प्रतिवेदन अनुसार ६ हजारभन्दा बढी बालबालिकालाई प्रत्यक्ष रुपमा चुनाव प्रचारप्रसारमा प्रयो गरिएको जनाएको छ ।
समितिले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरे पनि चुनावको समयमा विद्यालय नै बन्द गरि विद्यार्थीलाई पर्चा, पोष्टर टाँस्न तथा नारा जुलुसमा प्रयोग गरेको पाइएको जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...