चुनावमा हराउन एमाले र काँग्रेसले षड्यन्त्र गरेको प्रचण्डको आरोप

२५ कार्तिक । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई चुनावमा हराउन कांग्रेस एमालेले षड्यन्त्र गरिरहेको बताउनुभएको छ ।

सोमबार बिहान नेपालगन्जमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकीकृत नेकपा माओवादीलाई हराउन कांग्रेस एमालेले गरेको षड्यन्त्र असफल पारेरै छोड्ने बताउनुभयो । उहाले नेपाली कांग्रेस र एमाले पुराना पार्टी भएकाले जनताको अधिकार सुनिश्चित गर्न नसक्ने भन्दै एमाओवादीले मात्र जनताको अधिकारलाई सुनिश्चित गर्ने बताउनु भयो ।
अध्यक्ष प्रचण्डले एमाओवादी आदिवासी, दलित र पिछडीएका समुदायको हितका लागि क्रियाशिल भएको भन्दै यस्ता समुदायले अधिकार प्राप्त नगरेसम्म परिवर्तनको अनुभव नहुने धारणा राख्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...