फिलिपिन्समा आँधीले जनजीवन अस्तव्यस्त

२४ कार्तिक । फिलिपिन्समा आएको आँधीले १० हजार मानिसको मृत्यु भएको हुन सक्ने त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

यसअघि रेडक्रसका अधिकारीहरुले १२ सयको मृत्यु भएको बताए पनि आँधी प्रभावित क्षेत्रमा १०औं हजारले ज्यान गुमाएको हुन सक्ने त्यहाँका गभर्नर डोमिनिक पेटिलाले बताएका छन् । संसारकै ठूलो आँधी भनिएको हायान नामक आँधीले फिलिपिन्समा लाखौं मानिस विस्थापित भएका छन् ।

आँधी भियतनामतर्फ अघि बढेपछि त्यहाँ पनि लाखौं मानिस विस्थापित भएका छन् । आँधीको त्रास बढेपछि भियतनामको दानाङ र क्वङ्गाई प्रँन्तका वासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । फिलिपिन्समा २ सय ८० किलोमिटर प्रतिघण्टाको वेगमा आएको हायान आँधी आउने खतरा बढेसँगै ती क्षेत्रका स्कूलहरु बन्द गरिएका छन् । यसैगरी भियतनाम सरकारले समुद्रमा रहेका सबै डुुंगालाई फर्कन आग्रह गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...