चुनावका विषयमा अनावश्यक शंका नगर्न आग्रहः कोइराला

२० कार्तिक । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले निर्धारित मितिमै संविधानसभाको चुनाव हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ ।

आफ्नै निवाश महाराजगञ्जमा बुधबार भएको कार्यक्रममा सभापति कोइरालाले चुनावमा जनता जागि सकेकाले चुनाव हुनेमा शंका नगर्न आग्रह गर्नुभएको हो । सभापति कोइरालाले चुनावको पक्षमा दशैभरि जनलहर आएकोले कसैले चाहंदैमा चुनाव नसर्ने दावी गर्नुभयो । नेकपा माओवादीलाई जनताको भावना विपरित हिंसात्मक गतिविधी नगर्न आग्रह गर्दै सभापति कोइरालाले हिंसात्मक गतिविधी जारी राखे जनताले नै बहिस्कार गर्ने जिकिर गर्नुभयो । सभापति कोइरालाले शान्तिपुर्ण विरोध गर्न सवैलाई छुट भएको भन्दै माओवादीका हिंसात्मक गतिविधी राजनीतिक चरित्र बिपरित रहेको जिकिर गर्नु भयो । चुनावमै सहभागी दल एनेकपा माओवादीवाट आफ्ना कार्यकर्ता माथी आक्रमण जारी रहेको भन्दै सभापति कोइरालाले यसवारे अध्यक्ष प्रचण्डसंग छलफल गर्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...