आमहड्ताले देशभरको जनजीवन प्रभावित

२५ कार्तिक । नेकपा –माओवादीसहितको ३३ दलीय मोर्चाले आह्वान गरेको आम हड्तालको बिहानैदेखि प्रभाव परेको छ । सरकारले आम हड्ताललाई निस्तेज पार्ने निर्णय गरेपनि आमहड्तालका दिन देशभरको जनजीवन प्रभावित बनेको छ । सरकारले हड्ताल निस्तेज पार्न सेना समेत सडकमा उतारेको छ ।

आमहड्तालका कारण छोटो तथा लामो दूरीका सवारी साधान ठप्प छन । यस्तै शिक्षण संस्था कलकारखाना समेत बन्द छन । व्यपारीले आमहड्ताल र बन्दको अवज्ञा गर्ने निर्णय गरेपनि प्रभाव देखिएको छैन ।

बन्दकर्ता बिहानैदेखि चोकचोकमा देखिएका छन । भने सुरक्षाकर्मीको उपस्थिती समेत उल्लेख्य रहेको छ । बन्दका क्रममा विभिन्न जिल्लामा सवारीसाधान तोडफोड भएका छन । केही स्थानमा शंकास्पद बस्तु समेत फेला परेको छ । कतिपय स्थानमा प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्ति गरेयता त्यसको निरन्तर बिरोध गरिरहेको मोर्चाले चुनावी प्रक्रिया रोक्न माग गरिरहेको छ । मोर्चासँग उच्चस्तरीय राजनीतिक समितिले बार्ता भंग गरेपछि उसले आमहड्ताल र बन्दको कार्यक्रम अघि सारेको थियो । मोर्चाले १० दिने आमहड्तालको कार्यक्रम यसअघि सार्वजनिक गरेको भएपनि अन्तर्राष्ट्रिय समुदाय, तथा आन्तरिक दवावका कारण आमहड्तालको स्वरुप परिबर्तन गर्दै त्यसलाई बन्दमा परिणत गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...