तिहार लक्षित मिठाइ पसलहरुमा भीड

१८ कार्तिक। तिहारलाई लक्षित गर्दै देशका विभिन्न भागमा खोलिएका मिठाइ पसलहरुमा उपभोक्ताको भीड लागेको छ ।

अन्य समयमा भन्दा तिहारको बेलामा मिठाईको कारोबार ह्वात्तै बढ्ने गर्दछ । तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई तिहारको टीकोसहित मिठा मिठा परिकार खुवाउनका लागि ठूलो मात्रामा मिठाइ खरिद गर्ने गर्दछन् ।


पोखरामा मात्र गतवर्ष करिब ६० लाख बराबर मिठाईको कारोबार भएपनि यसपटक झण्डै एक करोड बराबर मिठाई कारोबार हुने अनुमान व्यवसायीको छ । पोखरामा आँगन, न्यु मारवाडी, देउरालीलगायतका ठूला मिठाई पसलहरुले वर्षौभरि मिठाई बिक्री गर्दै आएकोमा अन्य साना पसलहरुले समेत तिहारलाई लक्षित गरी आफ्नो पसलमा मिठाई सजाउने गरेका छन् ।


सरकारले मिठाईमा प्रयोग हुने अखाद्य बस्तु रोक्न अनुगमन कार्यलाई खासै चासो नदिए पनि पोखराका ठूला पसलहरुले भने आफूहरुले अखाद्य बस्तु नमिसाएको र मिठाइको आयु सात दिनसम्म रहने गरी बनाएको दाबी गर्छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...