रौतहटका एक उम्मेद्वारको सुतेको अवस्थामै मृत्यु

१६ कार्तिक । नेपाल सदभावना पार्टी युनाईटेड श्याम सुन्दर गुप्ता समुहका प्रत्यक्षतर्फका एक उम्मेदवारको शुक्रबार राती निधन भएको छ ।


रौतहट क्षेत्र नम्वर २ का प्रत्यक्षतर्फका उम्मेदवार पिपरा भगवानपुर वडा नम्वर ७ घर भएका ५९ वर्षका शेराजुल हकको राति सुतेको अवस्थामा नै निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

राती परिवारजन सँगै खाना खाएर सुतेका शेराजुल बिहान अबेर सम्म पनि नउठेपछि परिबारजनले हेर्दा ओछयानमै निधन भैसकेको बताइएको छ । प्रहरी उपरिक्षक गोबिन्दराम परियारले उम्मेदबारको मृत्यु भएको जानकारी दिएका हुन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...