विद्रोहीको कब्जामा रहेको विमानस्थल सरकारी नियन्त्रणमा

२५ कार्तिक । सिरियाली सुरक्षा फौजले एलेप्पो नजिक रहेको एक अन्तराष्ट्रिय विमानस्थल आफनो कब्जामा लिएको छ ।

विद्रोहीको कब्जामा रहेको एलेप्पो शहर सरकारी सेनाल फेरीे आफ्नो कब्जामा लिएको हो । केही समय यता सिरियाली सुरक्षा फौजले विद्रोहीको कब्जामा रहेका शहरहरूमा आक्रमण गरी आफ्नो कब्जामा लिएका छन् । सिरियाली सुरक्षा फौजले होम्स शहरमा पनि आफनो कारबाही जारी राखेको छ ।

होम्समा जारी कारवाहीका क्रममा ठुलो संख्यामा विद्रोहीको मृत्यु भएको सुरक्षा फौजले दावी गरेको छ । सरकारी सुरक्षा फौजले विद्रोही समुहले होम्समा आक्रमणका लागि प्रयोग गर्ने गरेको अल घन्टो तालबिसेह सडक पनि आप्mनो कब्जामा लिएको छ । सिरियामा सन् २०११ देखि सुरू भएको संघर्षका कारण हाल सम्म १ लाख १५ हजार भन्दा बढी मानिसको ज्यान जानुका साथै लाखौं विस्थापित भएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...