सवारी साधन बन्द हुँदा यात्रु मर्कामा

२६ कार्तिक । दोस्रो संविधानसभाको निर्वाचन विरोधमा नेकपा–माओवादी नेतृत्वको मोर्चाले गरेको यातायातका बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण उपत्यकासहित देशभरमा सवारीका साधन कमै मात्रामा चलेको ट्राफिक प्रहरीले जनाएको छ । विद्यालय,उद्योग, कलकारखाना खुल्लै रहे पनि आउनजान समस्या भएको छ । विद्यालयका बस सञ्चालनमा दिने भनिए पनि धेरै विद्यालय बन्द रहेका छन् ।
यसैबीच बन्दकर्ताहरुले ललितपुरको कुमारीपाटीमा गुडिरहेको माइक्रोबसमा पट्रोल बम प्रहार गर्दा एक जना बालक घाइते भएका छन् । बम प्रहारबाट बा १ ज ६२८८ नम्बरको बसमा क्षति पुगेको छ ।
सिसा लागेर घाइते भएका बालकलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ । मंसिर ४ गतेको चुनाव एकपक्षीय भएको भन्दै नेकपा–माओवादी नेतृत्वको मोर्चाले यातायात बन्द आह्वान गरेको हो । बन्द असफल पार्न सरकारले राजधानीका मुख्य चोकहरुमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद र म्यादी प्रहरी परिचालन गरेको छ ।
यातायात बन्द गरिएपछि विहानै बाट मूख्य राजमार्गमा सवारी साधन फाटफुट रुपमा चलेका छन् ।
राजमार्गमा एम्बुलेन्स, दुध तथा तरकारी बोक्ने, पर्यटक र प्रेसका गाडीहरु

बन्दकर्ता शिक्षण सस्था बन्द नगरे पनि यातायातको कारण अधिकाशं शिक्षण सस्था पनि ठप्प भएको छ । सरकारले आम हड्ताललाई निस्तेज पार्न एकीकृत सुरक्षा अन्तर्गत नेपाल प्रहरी, जनपथ, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी परिचालन गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...