आज हरिबोधनी एकादशी, तुलसीको विवाह गर्ने प्रचलन
२७ कार्तिक । बुधबार हरिबोधनी अर्थात ठूलो एकादशी । हिन्दू धर्मालम्बीहरुले आज तुलसीको पूजा गरी तुलसीको बिवाह गर्ने गर्छन् ।
तुलसीलाई विष्णुको प्रतीक मानी व्रत बसेर पूजा गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
ठूलो एकादशीको अवसरमा काठमाण्डौंको बुढानीलकण्ठ लगायत विष्णुका मन्दिरहरुमा पूजा गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ ।
कालीगण्डकी किनारका तीर्थस्थलहरुमा स्नान गरी बिष्णुको अवतार मानिने शालिग्रामको पूजा गरे पुण्य मिल्ने धार्मिक बिश्वास पनि छ ।
व्रतालुले शुद्ध भई व्रत बसेर पूजा गर्ने र तरुल, सखरखण्ड, पाकेको फर्सी तथा फलफूल खाने चलन छ ।
तरुल र सखरखण्डले चिसोबाट हुने रोगबाट मुक्ति मिल्ने विश्वास छ ।
असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु हरिवोधनी एकादशीमा निद्राबाट ब्युँझने र संसार नियाल्ने धर्मग्रन्धमा उल्लेख छ ।
0 comments
Write Down Your Responses