मालीमा दुई जना पत्रकारको हत्या

१७ कार्तिक । मालीमा दुई जना फ्रान्सेली रेडियो पत्रकारको अपहरणपछि हत्या भएको छ ।

उनीहरुलाई मालीमा विद्रोहीको पकड क्षेत्र मानिएको किडाल शहरबाट अलकायदा सम्बद्ध विद्रोहीहरुले अपहरण गरेका थिए । उनीहरु किडाल शहरभन्दा १२ किलोमिटर टाढा मृत अवस्थामा फेला परेका थिए ।

घटनाको फ्रान्सेली राष्ट्रपति फ्रान्स्वा होल्याण्डले घोर भत्र्सना गरेका छन् । केही दिन अघिमात्र अपहरणमा परेका चार फ्रान्सेली नागरिक मालीका विद्रोहीको कब्जाबाट रिहा भएका थिए । मालीमा तीन हजार फ्रान्सेली सेना तैनाथ रहेका छन् । यसैबीच फ्रान्सेली रक्षा मन्त्रालयले पत्रकारहरुलाई किडाल क्षेत्रमा नजान आग्रह गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...