फिलिपिन्समा राष्ट्रिय आपतकालीन घोषणा

२६ कार्तिक । फिलिपिन्समा आएको हेयान नामक आँधीका कारण जनजीवन तहस नहस भएपछी राष्ट्रिय आपतकालिन घोषणा गरिएको छ ।


फिलिपिन्सका राष्ट्रपति बेनिग्नो अक्विनोले तुफान प्रभावित क्षेत्रमा भएको ब्यापक बिनाश फिलिपिन्सकै इतिहासमा पहिलो भएको भन्दै आपतकालीन घोषणा गरेको जनाएका हुन्।

यता संयुक्त राष्ट्रसंघले फिलिपिन्सका हालै आएको हेयान आँधी अभूतपूर्व भन्दै फिलिपिन्सलाई राहत सामग्री उपलब्ध गराउन अन्तराष्ट्रिय समूदायलाई अपील गरेको छ । यता अमेरिकाले राहत बितरणमा सहयोग गर्नका लागि केही सेना सहित सैनिक जहाज फिलिपिन्स पठाएको छ भने बेलायतले पनि राहतका लागि नौसैनिक बिमान पठाउने निर्णय गरेको छ ।
फिलिपिन्सको लेयटे प्रान्तमा मात्रै दश हजार जनाको ज्यान गएको आशंका गरिएको छ भने लाखौं बिस्थापित भएका छन् । प्रभावित क्षेत्रमा खानेपानी, बिजुली र खाद्यान्नको अभाव भएको भन्दै लाखौं जनताले सरकारसंग राहत सामग्री उपलब्ध गराउन माग गरेको छ । यसैबीच फिलिपिन्सको मौसम पूर्वानुमान महाशाखाले भारी बर्षा हुन सक्ने अनुमान गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...