परिवर्तनको नेतृत्व काँग्रेसलेमात्र गर्न सक्छः देउवा

२३ कार्तिक । नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले परिबर्तनको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताउनुभएको छ ।

रुपन्देहीको सिक्टामा कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता देउवाले नेपाली जनता परिबर्तनको नेतृत्व सुम्पन आतुर रहेको बताउनुभयो । उहाले २००६ साल,२०४६ साल र २०६२÷६३ को परिबर्तनको नेतृत्व नेपाली कांग्रेसले नै गरेकाले नै मुलुक गणतन्त्रमा प्रबेश गरेको दावी गर्नुभयो ।
नेता देउवाले सिंहदरबारबाट मात्र मुलुकको बिकास हुन नसक्ने भन्दै बिकासका लागि बिकेन्द्रिकरण जरुरी रहेको धारणा राख्नुभयो । देउवाले नागरिकलाइ सार्बभौमसत्ता सम्पन्न बनाउन जनताले नेपाली कांग्रेसलाई विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । यसैबीच नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले विगतमा जस्तै डर र त्रास देखाएर एकीकृत माओवादीले बहुमत ल्याउन नसक्ने बताउनु भएको छ । काठमाडौं क्षेत्र नंबर ५ को चुनावी सभामा नेता रिजालले माओवादीले बिगतमा डर र धम्कीकै कारण बढी मत ल्याएको भन्दै आगामी चुनावमा त्यस्तो स्थिति नरहेको बताउनु भएको हो । उहाँले सत्ता प्राप्त गरेपनि माओवादीले नचाहेका कारण संविधान नबनेको आरोप लगाउनु भयो । त्यस्तै कांग्रेसका अर्का नेता नेता गगन थापाले आगामी चुनावबाट परिणाम जस्तो आएपनि राजनीतिक वातावरण भने कांग्रेसले चाहे अनुरुप बन्दै गएको दाबी गर्नुभयो उहाँले बन्दुकको नालबाट विजय प्राप्त गर्छौ भन्नेहरु जनता सामु घुँडा टेक्दैगएको बतउनु भयो । नेता थापाले संबिधान निर्माणको लागी कांग्रेसले बहुमत ल्याउनु पर्ने बताउनु भयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...