चुनावका नाममा निरंकुशता लाद्न खोजे सह्य हुँदैनः गजुरेल

२४ कार्तिक । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सरकारले चुनावका नाममा निरंकुशता लाद्न खोजे सह्य नहुने बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आइतबार भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष गजुरेलले ३३ दलले घोषणा गरेको बन्द असफल पार्न सरकारले लिएको रणनीति विफल पारेरै छोड्ने दाबी गर्नुभयो । उहाँले राज्यले सेना परिचालन गरेर देशमा निरंकुशता लाद्न खोजेकाले त्यसको सशक्त प्रतिकार गर्ने बाहेकका विकल्प नभएको बताउनुभयो । गृहमन्त्रीले सुरक्षा निकायलाई फर्मान जारी गरेको भरमा आन्दोलन नरोकिने भन्दै गजुरेलले गृहमन्त्रीको आदेशबाट सरकारले द्वन्द्व निम्त्याएको पुष्टि भएको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...